गज़ल
"गाइेने दाइ"
सारँगीको धुनसँगै रुन्छ गाइेने दाइ
मनको ब्यथा रित्त्याएर धुन्छ गाइेने दाइ ।
मेचीकाली,पूर्व पश्चिम,जोडी सिमाना साँध
तार रेट्दै देशको ब्यथा गुन्छ गाइेने दाइ ।
साखा,सन्तान् सबैको नै गीत कथेर आज
संगीत भर्दै कथा जालो बुन्छ गाइेने दाइ ।
परदेशीको पीडा सारा रेट्दै तारमा कठै!
सबको मन रुझाएर छुन्छ गाइेने दाइ ।
बास सधैं हुन्न घर पुग्छन् पराइे आँगन्
गितांगेको रूपभित्र हुन्छ गाइेने दाइ ।
रचना - सेप्टेम्बर/ २/ १२
0 comments:
Post a Comment