Monday, September 3, 2012

( कबिता )

 "के तिमी उत्सुक छौ,जिउँदै मुर्दाहरुको बस्तिमा बसाइें सर्न ??????????

अभिमानको ध्वजा
फहाराएर कहिले सम्म
बाँच्न सक्छौ
ए.....अभिमानी ?
तिमी मान्छे हौ,मान्छे
सर्वश्रेष्ठ प्राणी,
तिमीभित्र मनुष्यत्व
हुनुपर्छ,
तिम्रो मथिङलमा
उच्च सोंचको
भण्डार् हुनुपर्छ,
तिम्रो छातीमा
प्रेम,पूजा,आस्था
अनि सद्भावका
थुँङाहरु फक्रिनु पर्छ ।
आखिर.....,कहिलेसम्म
स्वाभिमानलाइे
 बन्धक  राखेर 
अभिमानलाइे लठैत
बनाउँछौ ?
सोंच,एकपल....,
जिन्दगीलाई नियाल,
स्वाभिमानको साथले
तिमीलाई हर एकको
मन मस्तिष्क र दिलमा
स्थान दिन्छ भने
अभिमानले तिमीलाई
एक्लो र घृणा
को पात्र
बनाउँछ । 
अभिमानले तिमीलाई
अस्तित्वहिन बनाउँछ भने
स्वाभिमानले तिम्रो अस्तित्व
कायम राख्दछ ।
क्षणभरको प्राप्ति हो
अभिमान,
तर.....,
दिर्घजिवी सम्मान हो
स्वाभिमान ।
हो.....मान्छे हौ तिमी
तिम्रो जीवन दिर्घकालिन
हुनुपर्छ,
मृत्‍युपर्यन्त पनि तिमी
अजर,अमर रहनु
पर्दछ ।
यदी तिमी दिर्घकालिन
अजर अमर रहन
उत्सुक छौ भने
बस्.....स्वाभिमानलाई
अंगाल ।
अभिमान र आडम्बरलाई
पन्छाइेदेउ तिम्रा सोंचबाट
यो त बैरी हो,बैरी ......,
मान्छेलाई,मान्छेकै
बस्तिबाट पर सारेर
जिवित आत्मालाइे 
जिउँदै मुर्खुट्टा बनाइे
घाटसम्म पुर्‍याउँदछ।
के....,तिमी चाहन्छौ
जिउँदै मुर्दाहरुको
बस्तिमा बसाइे सर्न ?
पक्कै त्यो सोंच
तिमीभित्र हुन्न,
त्यसैले..... अब यसो गर,
झट्टै त्यागी हाल,
ती ब्यभिचारी बिचारहरु
अनि झट्टै हुँइेक्याइे हाल
अभिमानको खोल,  

जसभित्र तिमीले 
अन्तमा निस्सासिनु पर्नेछ 
अनाहकमा.......,
आउनेदिनहरुमा
र.....जल्नु पर्नेछ
पश्चतापको आगोमा
एक्लो बनी
छट्पटिँदै,छट्पटिँदै......../

रचना - सेप्टेम्बर/ ३/ १२  
 

 

0 comments:

Post a Comment