कोशिस थियो सफल हुने कहाँ आइे चुकें म
उच्च बिचार हुँदा पनि बाध्यताले झुकेँ म
छहरा झैं छंगछंग् गर्दै बग्ने धोको हुँदा हुँदै
खडेरीको भागमा परी खहरे बनी सुकें म ............./
थोरै पिउँने बहनामा मैले दु:ख पनि पिउँन सिकें
अलिक् हाँस्ने बहनामा मैले पीडाहरु सिउँन सिकें
आखिर जीवन यस्तै रहेछ भन्ने आश्वासनमा
आसुँ,हाँसो मिश्रित जीवन पनि जिउँन सिकें ................./
घाऊ बनी पीडाहरु भित्रभित्रै पाके जस्तो
लाग्न थाल्यो अहो!किन गोडाहरु थाके जस्तो
मन भन्छ यती चाँडै हरेश चाँहि खानु हुन्न
यस्तो लाग्यो आत्तिएर देबी देउता भाके जस्तो ............../
आफ्नो भन्नु जीवनमा दु:ख,पीडा,हार भो
किन होला जिन्दगी यो खुकुरीको धार भो
जती मन बुझाए नि चोट,ठेस आइे लाग्छ
खुशी,चैन,सन्तुष्टी त जीवनदेखी पार भो ............../
0 comments:
Post a Comment