Monday, September 10, 2012

( गीत )

( लोक पप  )

कम्मरमा गाग्री बोकी झर्छे मोरी उत्ताउली
माया भने बरालिँदै कतातिर लाउली
मन धर्मर भो,
त्यो बैंश पो कस्को हुने हो .........../


जती मस्की कुरा गर्छे,उत्ती हिस्सी लाग्छ
अबगुण र उत्ताउलोपन झनै पर भाग्छ
दिल बेचैन भो,
यो मन मेरो बसमा छैन हो ............/

पटुकी र हेम्मरिमा आफ्नो लाज लुकाउँछे
ओंठमा लाली घसेर मनको कुरा फुकाउँछे
आँखा रुझ्यो नि,
उस्को कुरा मनले बुझ्यो नि .........../

डँडेलोमा थुम्चे बोकी सल्लेरी बन धाउँछे
माया छैन भनुँ भने हेर्दै गीत गाउँछे
आशा बाँकी छ,
मोहनी चैं लाउँनु लाकी छ ............../

रचना -सेपेटेम्बर/ १०/ १२

0 comments:

Post a Comment