Monday, October 15, 2012

गज़ल

(दशै गजल)      "परदेशी मनका उत्पीडन"
 
नेपालीको महान चाड् घर,आँगनमा आइेसक्यो
सयपत्री,मखमलीले माया प्रीत लाइेसक्यो ।

तन भने परदेशमा,मन भने घर,आँगनमा
इेच्छा,रहर् दौडिएर गाउँ,घरमै धाइेसक्यो ।

बुढी आमा,बुढा बाबा दिन गन्दै बस्दा हुन्
पीर,चिन्ताले यो मनलाइे कटक्क नै खाइेसक्यो ।

मध्यरातमा कोल्टे फेर्दै रातको प्रहर बितिदिन्छ
आँखाभरी दशै,टिका सम्झनामा छाइेसक्यो ।

अभागीको कर्म यस्तै परदेशमा रम्नु पर्ने
भावनाले मन मनै आशिर्बाद् चैं पाइेसक्यो ।

रचना - अक्टोबर/ १५/ १२
 

0 comments:

Post a Comment