जमराले सुस्तरी टुसा हाल्न थाल्यो
मनको मैलो सबैको अब फाल्न थाल्यो
गाउँघर र आफन्तको सम्झनाले गर्दा
परदेशीको मुटुलाइे पीरले गाल्न थाल्यो ।
न लेखेर लेखिन्छ मनको ब्यथा
न छेकेर छेकिन्छ मनको ब्यथा
छाती फुटाइे भाग्न खोज्छ मुटु
न मेटेर मेटिन्छ मनको ब्यथा .........../
म मस्त बन्छु,गीत संगीतको धुनमा
म निर्लिप्त डुब्छु हँसिलो त्यो जूनमा
जस्ले जे भनोस् पागल वा सद्धे मान्छे
म आनन्दित् बन्छु प्रतिभारुपी गुणमा ............/
दशैमा बुढी आमा बाटो हेर्दै बस्दिहुन्
परदेशीको मायालाइे गाँठो पारी कस्दिहुन्
कैले आउला?छोरा भनी मनमनै सम्झेर
शान्त्वनाको मल्हम मनभित्र घस्दिहुन् ................/
0 comments:
Post a Comment