"अहमताको बोली "
अग्लो सगरमाथा
छातीमा टाँसेर
म होँचो नेपाली
अग्लाइेको अहमता
बकिरहेछु।
हो.....,
अहमता सबैमा
हुनुपर्छ,
सगरमाथाको चिनारीलाई
सर्वब्यापी बनाउँनु पर्दछ
तर आकारमा मात्र
अग्लाइेको परिभाषा
दिएर होईन,
सगरमाथाको
अग्लाइेको आडमा मात्र
आश्रित भएर होईन
आफ्नो उचाइे पनि
सगरमाथा झैं उच्च बनाइे
अग्लाइेको चुचुरो छुन
सक्नुपर्दछ ।
हो,
नेपालीहरु ब्यस्त छन्
सगरमाथाको उचाइेको
अस्तित्व जोगाउँन होइेन
आ-आफ्ना नाखको
उचाइे र अग्लाइेको
बखान गर्न,
त्यसैले आजभोली
सगरमाथा पनि
बिह्वल छ.
आफ्नो अग्लाइेको
स्वाभिमान बिर्सिएर
आफ्नै देशका
अ-मान्छेहरुको बिभिद
घच्चाघम्सिको प्रतिष्पर्धामा ।
तर ........,
यी होँचा नेपालीहरु भने
अझै सगरमाथाको अग्लाइेको
अहमतामा आफुलाइे
परीचित गराउँन लालायित छन्
तर....आफु अग्लिएर
सगरमाथाको उचाइेमा
अझ थप उचाइे थप्ने
प्रयासमा भने कहिल्यै
अग्रसर छैनन्
बरु आ-आफ्नै आडम्बरको
पर्खाल अग्लाउन भने
तम्तयार छन्
र.........,
त्यही स्वार्थमा लिप्त छन्
जहाँ गएपनी,जहाँ रहेपनी
अग्लो सगरमाथाकै
अग्लाइेमा अहमताको
बोली बिकाउन ।
रचना -सेप्टेम्बर १५ /१२
अग्लो सगरमाथा
छातीमा टाँसेर
म होँचो नेपाली
अग्लाइेको अहमता
बकिरहेछु।
हो.....,
अहमता सबैमा
हुनुपर्छ,
सगरमाथाको चिनारीलाई
सर्वब्यापी बनाउँनु पर्दछ
तर आकारमा मात्र
अग्लाइेको परिभाषा
दिएर होईन,
सगरमाथाको
अग्लाइेको आडमा मात्र
आश्रित भएर होईन
आफ्नो उचाइे पनि
सगरमाथा झैं उच्च बनाइे
अग्लाइेको चुचुरो छुन
सक्नुपर्दछ ।
हो,
नेपालीहरु ब्यस्त छन्
सगरमाथाको उचाइेको
अस्तित्व जोगाउँन होइेन
आ-आफ्ना नाखको
उचाइे र अग्लाइेको
बखान गर्न,
त्यसैले आजभोली
सगरमाथा पनि
बिह्वल छ.
आफ्नो अग्लाइेको
स्वाभिमान बिर्सिएर
आफ्नै देशका
अ-मान्छेहरुको बिभिद
घच्चाघम्सिको प्रतिष्पर्धामा ।
तर ........,
यी होँचा नेपालीहरु भने
अझै सगरमाथाको अग्लाइेको
अहमतामा आफुलाइे
परीचित गराउँन लालायित छन्
तर....आफु अग्लिएर
सगरमाथाको उचाइेमा
अझ थप उचाइे थप्ने
प्रयासमा भने कहिल्यै
अग्रसर छैनन्
बरु आ-आफ्नै आडम्बरको
पर्खाल अग्लाउन भने
तम्तयार छन्
र.........,
त्यही स्वार्थमा लिप्त छन्
जहाँ गएपनी,जहाँ रहेपनी
अग्लो सगरमाथाकै
अग्लाइेमा अहमताको
बोली बिकाउन ।
रचना -सेप्टेम्बर १५ /१२
0 comments:
Post a Comment