Saturday, December 21, 2013

( कविता ) "हिउँको स्वरूप"

  "हिउँको स्वरूप"          


बर्बर हिउँका बर्षाहरु 
बर्षिँदा लाग्छ,
ती सेतै बर्षिएका 
हिउँका फूलहरु
न...,पग्लिउन्.
हो......, 
हिउँका सेताम्मे लस्करहरु
पहाडको ढिक्को बन्ने 
अभीप्शामा खस्छन् 
तर अफ्सोच!!!  
कुनै पल त उस्ले 
पग्लनै पर्छ 
अनि पानीको रङहिन 
स्वरूपमा बद्लिनै पर्छ । 
कठै! 
हिउँको चुरिफुरी.......,
आकाशबाट हल्का रुवाको 
आकारमा झर्दै,झर्दै 
कैले बादलको नक्कल गर्छ 
कैले सिमली रूप भएर 
फुस्स फुस्स उड्छ 
तर अन्त्यमा 
हिउँको ढिक्को पहाड बन्दा बन्दै 
भित्र भित्रै पग्लिँदै,पग्लिँदै 
हिम नदी बन्छ ।  
हरे!कति नक्कल गर्नु ? 
अनि..., 
कति बहुरुपी बन्नु हिउँले ?
न'त उस्ले जस नै पाउँछ 
न'त उस्ले कसैको मन नै जित्छ 
आखिरमा सेताम्मे सिमल भएर फुल्छ 
न'त ऊ आफ्नो स्वरूपमा 
अडिग रहन्छ,न'त परिवर्तित
रूपमा पनि बाँच्न सक्छ
अन्त्यमा..., 
रङ्हिन पानी भएर बग्छ,
रङहिन पानी भएर बग्छ ............./

रचना - डिसेम्बर - १८/ १३ 

0 comments:

Post a Comment