फक्रेको फूल
लोभी नजर हेर्छ
निलेर थुक
बैंश रहुन्जेल नै
बाध्यता र नियति !!!
अभिमानी छ
पहिरोको पहाड
फुक्दै ढल्ला कि ?
गर्दैन अहमता
सगरमाथा स्थिर !!!
लाली गुराँश
प्रतीक नेपालको
बनमा फुल्छ,
चाहिंदैन उस्लाई
निजी माटोको राज!!!
हिमाली भेग
चौंरिको बथान छ
गोठालो रित्तै,
छुर्पी,मक्खनहरु
मधेश झर्छन् सब !!!
रचना - डिसेम्बर/ ६/ १३
0 comments:
Post a Comment