Saturday, December 21, 2013

गजल "दु:खको भार थाप्लोमा राख्दै,बाँच्दैछु आज म "



दु:खको भार थाप्लोमा राख्दै,बाँच्दैछु आज म 
जिन्दगी आफ्नै नाटक सम्झी हाँस्दैछु आज म । 

जीवन कथा बुझेर आज जे जस्तो सोंचे नि 
अमिट होला भनेर पीडा साँच्दैछु आज म ।   

सत्यताभित्र बाँच्नु नै हेर जीवनको सार हो 
मायाको डोरी नटुट्ने गरी गाँस्दैछु आज म । 

जिन्दगी एक अनेक कथा यस्तै छ ब्यथा नि 
पीडाकै गीत रचेर पनि नाँच्दैछु आज म ।

संसार भन्नु यस्तै हो रे नाटक जस्तै नै
दु:खको काँडा सखाप गर्दै मास्दैछु आज म । 


रचना - सेप्टेम्बर -२४/ १३   

0 comments:

Post a Comment