Wednesday, January 8, 2014
लघुकथा "प्रथम कविता"
हामी जुनसुकै साहित्यिक कार्यक्रममा भाग लिने गर्दथ्यौं । हामी दुईको लेख्ने तरिका,शैली र बानी फरक थियो । उनी सधैं भन्दथे । संख्यामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्दछ र यो कुरा औसत मात्रामा सत्य हो पनि ।
एउटा साहित्यिक संस्थाले प्रतियोगितात्मक कविता गोष्ठीको आयोजना गर्यो । त्यस्मा हामी दुवैले भाग लियौं । कविताको नतिजा आयो।उनी पहिलो भए। म दोश्रो।तेस्रोमा अर्को कोही । उन्ले खुशीले गद्गद हुँदै मलाई भने। "थाहा पाउनु भो कविजी?थोरै लेख्ने।राम्रो लेख्ने । गणनामा भन्दा गुणस्तरमा ध्यान दिने । म त त्यसै गर्छु । "
"म उत्तरबिहिन भएँ र भनें । यहाँको कुरा सही हो । धेरै लेखेर प्राप्ती हुन्न । थोरैमा नै हुँदो रैछ र हो पनि । मैले यो कुरा आत्मसात गरें । "
यत्तिकैमा हलभित्र हल्ला,खल्ला भो । एकजना कविले भनी रहेका थिए । यो प्रतियोगितामा नयाँ अनि कँहि पनि प्रकाशित नभएको रचना हुनुपर्छ भन्ने नियम थियो तर आजको प्रथम हुने कविता त धेरै अघिदेखी बाचित कविता हो र यो कविता धेरै पत्रपत्रीकाहरुमा पढिसकिएको छ । कसरी यो कविता प्रथम हुन गयो ? यदी यहाँहरु यो कविता पढ्न चाहनु हुन्छ भने ल!हेर्नुहोस्। यो कविता कहिले र कहाँ कहाँ प्रकाशित भएको हो ? यहाँ प्रमाण छ । "
सबै निर्णायक मन्डलीहरुपनी अवाक बने र कार्यक्रमका आयोजकहरुपनी किङ्कर्तब्य बिमुढ बने । अन्त्यमा उक्त प्रथम कविता खारेज भयो । उन्ले मतिर हेर्दै घोंसेमुण्टो लाइेरहेका थिए । म'भने सोंच्दै थिएँ । के,गणनामा थोरै हुनु मात्र रचनाको गुणस्तर हुनु हो त ? धाराप्रवाह लेख्नेको रचना तल्लो स्तरकै हुन्छन् त ? गुणस्तरको हुनलाई श्रष्टाको खुबिमा पनि त भर पर्छ नि ।
आजभोली वहाँलाई म कुनै साहित्यिक कार्यक्रममा देख्दिन र वहाँको सधैं मैले सुनिरहेको,पढिरहेको कविता सुन्नबाट म बन्चित भएकी छु ।
0 comments:
Post a Comment