Tuesday, February 11, 2014

रुबाइेयात (प्रेम दिवस सम्बन्धी)



हुँदैछ हल्ला प्रेमदिवसको चाँडै आउँदैछ रे 
गुलाब फूल लिइे स्वार्थको गीत प्रेमीले गाउँदैछ रे
कस्तो अचम्म!प्रेमको पनि दिवस मान्नु पर्ने ? 
उपहारको नाममा नक्कली माया प्रेमीले लाउँदैछ रे ।  
  

प्रेमदिवस मनाउने निहुँमा मायाको अमृत छर्क्यौ 
अहिले भने प्रेमप्रस्ताव बिर्सी अन्त नै तिमी फर्क्यौ 
मायाको सार दुईमुटु मिली जीवन बिताउनु थियो 
लाएको प्रेमलाई बिर्सेंर आज झडंगै किन झर्क्यौ  । 


नजिकमा मात्र उपहार दिइे मायाको ढोङ रच्यौ 
भेट हुन साथ मायालु भन्दै अंगालोभरी कस्यौ 
मपनी तिम्रै मायाको खेलमा अन्जानैमा फँसें 
मायाको खेलमा हारेर होकी टाढै नै आज बस्यौ ।  

0 comments:

Post a Comment