Monday, March 5, 2012

गज़ल

मन्दिरमा घन्टी बजाई शान्तिको पूजा गर्छौँ
गोली बारुद बर्षा गर्दै हल्लामै आफै मर्छौँ।

शत्रु को हो?मित्रु को हो?परेन बुझ्न यहाँ
आफ्नैलाई पराई ठानी ब्यर्थमा दागा धर्छौँ ।

अरुलाई राहत दिई चेपेर काखीभित्र
आफ्नोलाई घाईते पारी घाउमा नुन् चुक् छर्छौं ।

आफ्नै पौरख नभए नि धमास् त ठुलै हुन्छ
हुर्मत आफ्नो नहुँदा चैं अरुकै भर पर्छौँ ।

राजनीती नबुझेर अन्योलमै बाँची रैछौं
सुख शान्ति गुमाएर हर मनको खुशी  हर्छौँ ।

रचना - मार्च / ५ /२०११

3 comments:

  1. Didi march 5th 2012 bhanna khojnu bhako hola hoina ra?....Sarai sundhar gazal!! :)

    ReplyDelete
  2. mero man ko antarkunaama nai basyo didi sarai ramro lagyo gajal

    ReplyDelete